एन्फाले माग्यो पाँच खेलाडीको लिखित जवाफ, बन्द प्रशिक्षणका वेला डिस्कोमा किन पसेको?

July 31, 2018 7:57 am

काठमाडौं । एसियाली खेलकुद र साफ च्याम्पियनसिप फुटबलको बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडी र टिमका व्यवस्थापकमाथि अनुशासनको कारवाही थालिएको छ।

अखिल नेपाल फुटबल संघ एन्फाले बन्द प्रशिक्षणका क्रममा थाइल्याण्डमा रहेका खेलाडीलाई ‘डिस्को’ गएर मादक पदार्थ सेवन गरेको आरोपमा ७२ घण्टाभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको हो। राष्ट्रिय फुटबल टोलीका पाँच खेलाडी विमल घर्तीमगर, अन्जन विष्ट, विशाल राई, हेमन्त थापा मगर र छिरिङ शेर्पा तथा व्यवस्थापक बाबुकाजी बस्नेतसँग लिइएको मौखिक जवाफ चित्त नबुझेकाले ७२ घण्टाभित्र लिखित जवाफ दिन निर्देशन दिइएको हो।

उनले लिखित जवाफ पनि चित्त नबुझे के कारबाही गर्ने भन्नेबारे छलफल हुने छ। खेलाडीहरूले गत शुक्रबार राति डिस्को गएर मादक पदार्थ सेवन गरी होहल्ला गरेको सूचना सार्वजनिक भएपछि एन्फाले स्पष्टीकरण लिएको हो। एन्फाले होस्टल वार्डेन टक्कर थापालाई पनि तीन दिनको समय दिएको छ। सेक्युरिटी कम्पनीलाई भने सात दिनको समय दिइएको छ।

          July 31, 2018 7:57 am | खेलकुद

प्रतिकृयाहरू :

समाचारहरु: