सञ्चय कोषको ऋण तिर्न बाँकी छ? घरमै आउलान् कर्मचारी

July 31, 2018 7:28 am

काठमाडौं । कर्मचारी सञ्चयको कार्यालये विभिन्न चार शीर्षकमा कर्जा लगानी गरेको ब्याजबापतको अबौं रुपैयाँ रकम उठन बाँकी रहेको जनाएको छ।

हरेक तीन महिनामा तिर्नुपर्ने किस्ताअनुसार ऋण लिएकाहरुले समयमा ब्याज नतिरेपछि सो कार्यालयले भेटघाट, घरदैलोको नयाँ रणनीति अख्तियारी सरु गर्न थालेको हो। कर्मचारी सञ्चय कोष कार्यालय ऋण असुली महाशाखाका प्रमुख सागरकुमार सिंहले गत आर्थिक वर्षमा छिटपुटरुमा ऋण असुलीका लागि कार्यालय भिजिटको कार्यक्रम रहे पनि यस आर्थिक वर्षमा त्यसलाई तदारुकताका साथ अगाडि बढाउने बताएकाे छ।

हरेक तीन महिनामा सञ्चयकोषका कर्मचारीले कार्यालयमा भेटघाट गरेरै तिर्नुपर्ने ब्याज रकमबारे जानकारी गराउने र त्यति गर्दा पनि रकम नतिर्नेको घरदैलो गर्ने, घरजग्गा लिलामी गर्ने, कालोसूचीमा राख्ने तयारी भएको प्रमुख सिंहले जानकारी दिए। घरदैलो कार्यक्रमको तयारी गरिएका र साउन महिनाबाटै त्यसको सुरुवात गर्ने ऋण असुली महाशाखाले जनाएको छ। यसअघिसम्म घरदैलो नगर्दा आस गरेअनुसार ब्याज उठ्न नसेकोको ठहर गर्दै कोषको कार्यालयले उक्त कार्यक्रम पहिलो पटक गर्न लागेको प्रमुख सिंहले बताए।
गोरखापत्र दैनिकबाट ।

          July 31, 2018 7:28 am | मिडियाबाट साभार

प्रतिकृयाहरू :

समाचारहरु: