क्यालिफोर्नियामा डढेलो, पाँचको मृत्यु, ४० हजार विस्थापित

July 29, 2018 7:27 am

अमेरिकाको उत्तरी क्यालिफोर्नियामा शक्तिशाली हावाहुरीले डढेलो फैलिरहँदा त्यहाँबाट झण्डै ४० हजार मानिसलाई अन्यत्र सारिएको छ।

डढेलो शुरू भएयता कम्तीमा पाँचजनाको ज्यान गइसकेको खबर आएका छन् भने १२ जना हराइरहेका छन्। ज्यान गुमाएका पाँचमध्ये दुईजना बालबालिका र एक वृद्ध रहेका छन्। न्याशनल गार्डसहित हजारौँ आपत्कालीन कर्मचारी उक्त क्षेत्रमा आगो नियन्त्रणका लागि खटिएका छन्। डढेलोका कारण पाँच सयभन्दा बढी घरमा क्षति पुगेको छ।

अलास्का र टेक्ससबीच उत्तर अमेरिकामा १ सयभन्दा बढी स्थनामा डढेलो फैलिएको त्यहांका अधिकारीहरुले जनाएका छन्। उक्त क्षेत्रमा ३४ सय अग्नि नियन्त्रक खटिएका छन्। तर स्थानीय अग्नि विभागले यो साताभरि सुक्खा मौसमको अनुमान गरिएको र त्यसले डढेलोलाई थप खराब बनाउने बताएको छ।

एजेन्सी

          July 29, 2018 7:27 am | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: