यी हुन कल बाइपास गर्ने ‘महाठग’, बावुछोरा नै पक्राउ

July 28, 2018 10:56 am

काठमाडौं  । प्रहरीले कल बाइपास गर्ने गिरोहका नाइकेलाई पक्राउ गरेको छ ।

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. ८ झुलेनीपुरस्थित भानुभक्त न्यौपानेका छोरालाई प्रहरीले कल बाइपास गर्ने सामानसहित पक्राउ गरेको हो ।

आफ्नै घरमा २८ रामप्रसाद न्यौपानेलाई पक्राउ गरिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । न्यौपानेका बावुछोरालाई दुरसञ्चार ऐन, २०५३ अन्तर्गत जिल्ला अदालत रुपन्देहीबाट म्याद लिई अनुसन्धान गर्ने तयारी भैरहेको छ ।

अवैध कल बाइपास गर्ने बिरुद्ध ब्यूरो स्थापनकालदेखि हालसम्म १०६ स्थानहरूमा भएको कारवाहीमा नेपाली १३० र विदेशी ३४ गरी १६४ जनालाई पक्राउ गरिएको छ ।

हालसम्मका कल बाइपास गर्ने र पक्राउ परेकाहरूबिरुद्ध रु ११ अर्ब ९१ करोड ११ लाख ६ हजार १ सय ६३ रुपियाँ ६५ रुपियाँ बिगो मागदाबी सहित अदालतमा मुद्दा दायर गरिएको छ ।

बरामद सामानहरु :

  • ६४ पोर्टको VOIP gateway (Sim Box) थान-१
  • TP link Router थान-१
  • Lenovo कालो रंगको laptop थान-१
  • Nokia Mobile थान-१
  • Samsung Duos Mobile थान-१
  • NTC को SIM Card थान -१७
  • Ncell को Sim Card थान -१७
  • Smart Cell को Sim card थान-१९
  • Micro HSPA Modern थान-१
  • HSDPA लेखिएको Modern थान-१
  • Multiplug थान-१
  • VOIP Gate मा प्रयोग गरिएको Antina थान-१६
  • NTC को प्रयोग नभएको Recharge Card ५० दरका थान-१०
  • NCELL को प्रयोग नभएको Recharge Card ५० दरका थान-७
  • NTC को प्रयोग भएको Recharge Card १०० दरका थान-१५
  • NTC को प्रयोग भएको Recharge Card ५० दरका थान-५

हाल सम्म खुल्न आएका कुराहरु

  • मुख्य अभियुक्त पाकिस्तानी  नागरिक सोयब खान र मुनिर वकास रहेको ।
  • निज राम प्रसाद न्यौपाने र मुनिर वकास Facebook को माध्यमबाट चिनजान भएको र मुनिर वकसको माध्यमबाट सोयब खानसँग पनि चिनजान भएको ।
  • ३ महिना अगाडी VOIP  संचालन गर्नको लागि सोयब खानले हङकङबाट DHL मार्फत VOIP संचालन गर्ने उपकरणहरु एमप्लिफायरको वाकसमा हाली निज राम प्रसादले पाउने गरी नेपाल पठाएको ।
  • सोयब खान पाकिस्तानको कराँचीमा बस्ने गरेको र उतैबाट System को जानकारी गराउने गरेको ।
  • मुनिर वकास भन्ने व्यक्ति हाल टर्कीमा बस्ने गरेको ।
          July 28, 2018 10:56 am | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: