जनप्रतिनिधीलाई विदेश भ्रमणमा कडाई, अघिल्लो बर्ष भ्रमण गर्नेको समेत मागे प्रधानमन्त्रीले विवरण

July 27, 2018 8:25 pm

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मितव्ययी नीति लिएको बताएका छन् ।

नेपाल नगरपालिका संघको प्रतिनिधी मण्डलसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले हरेक कुरामा मितव्यती अपनाउँदै मन्त्री र कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाई गरिएको बताए ।

विदेश जाने, घुमेर आउने मात्र गर्नाले ठुला धनराशी खर्च हुने गरेको तर त्यसबाट उपलब्धी शुन्य हुने निष्कर्ष निकाल्दै प्रधानमन्त्री ओलीले विदेश भ्रमणमा कडाइ गरेको बताइएको छ ।

“गतबर्ष मन्त्रालयगत रुपमा कति कर्मचारी विदेश गएका छन् त्यस वापत कति रकम खर्च भएको छ, त्यसको पूर्ण विवरण मैले मगाएको छु” प्रधानमन्त्री ओलीले भने “साउन २० गते सम्ममा यो विवरण प्राप्त हुन्छ । त्यसपछि विदेश भ्रमणको उपलब्धी र क्षतीबारे समिक्षा हुन्छ ।”

प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधीलाई पनि कडाइ गरेको जानकारी दिए । दाताको खर्चमा विदेशमा जाँदा आन्तरिक खर्च नभए पनि सेवाग्राहीलाई दिनु पर्ने समयको क्षती हुने प्रधानमन्त्री ओलीको बुझाई छ ।

महासंघको प्रतिनिधी मण्डालले प्रधानमन्त्री ओलीलाई विभिन्न बिषयमा ध्यानाकर्षण पत्र बुझाएको छ । प्रतिनिधी मण्डलले कर्मचारी समायोजनमा तदारुकता देखाउनु पर्ने, बिषयगत कार्यालयको हस्तान्तरण गर्नुपर्ने, एकीकृत सम्पती करको निरन्तरता, जनप्रतिधिहरुको सुरक्षाको प्रत्याभुति लगायत १६ बुँदें ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रीहरुसँग यस बिषयमा छलफल गर्ने बताएका छन् । संघका संयोजक अशोक ब्याञ्जुको नेतत्वमा प्रतिनिधि मण्डल आएको थियो ।

          July 27, 2018 8:25 pm | राजनीति

प्रतिकृयाहरू :

समाचारहरु: