फोहोरबाट ग्यासः सिलिन्डरको ९०० रुपैयाँ

July 27, 2018 7:17 am

परासी । फोहोरबाट बायोग्यास । दिनको १५० सिलिन्डर उत्पादन । एक सिलिन्डरको ९०० रुपैयाँ मात्र । पश्चिम नवलपरासीको सुक्रौलीमा ‘फोहोरबाट मोहर’ बन्न थालेको छ । इन्भिपावर इनर्जी एन्ड फर्टिलाइजर प्रालिले फोहोरबाट ग्यास निकालेर बेच्न सुरु गरिसकेको छ ।

उद्योगका कार्यकारी सञ्चालक अभिरथ अग्रवालका अनुसार पहिलो चरणमा औद्योगिक उपभोक्तालाई उपलब्ध गराइएको छ ।

‘रामग्राम नगरपालिकाका बजार क्षेत्रमा तत्काल पाइपलाइनबाट भान्सा–भान्सामा ग्यास पुर्याउने लक्ष्यछ’, उनले भने, ‘यो सस्तो मात्र होइन वातावरणमैत्री पनि छ।’

कुहिने वस्तु यसको कच्चा पदार्थ हो । फोकोर, कुखुराको सुली, गोबर, चिनी मिलको छोक्रा आदि प्रयोग गरिन्छ ।

कान्तिपुर दैनिकबाट ।

          July 27, 2018 7:17 am | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: