अनसन अपडेटः एउटा बुँदामा सहमति जुटेन, फेरि बालुवाटारमा छलफल

July 26, 2018 8:40 pm

काठमाडौं ।  २७ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीले नौ बुँदे सहमतिको एउटा बुँदामा असहमति जनाएका छन्। बिहीबार दिउँसो सिंहदबारबारमा भएको ७ बुँदे सहमतिमा केसीले असहमति जनाएपछि ९ बुँदे सहमतिको तयारी भएको थियो। नौ बुँदो सहमतिको एक बुँदामा केसी असन्तुष्ट देखिएका हुन्।

केसी पक्षका वार्ताटोलीका सदस्य डा. अभिषेकराज सिंहका अनुसार उपत्यकामा १० वर्ष मेडिकल कलेजलाई सम्बन्धन दिनु नहुने बुँदामा कुरा नमिलेको हो। डा. सिंहका अनुसार सरकार उपत्यकामा १० वर्ष मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने प्रावधानको विपक्षमा छ। केसीले भने उक्त बुँदालाई बटमलाइन बनाएका छन्। सहमतिको गाँठो यही बुँदामा अड्किएको केसी पक्षको भनाइ छ।

यसअघि सहमति भइसकेको र मस्यौदा बनाउने र भाषा मिलाउने काम भइरहेको बताइएको थियो। तर, केसीले मेडिकल कलेजका विषयमा अडान लिएपछि बिहीबार दिनभरका प्रयास असफल भएका हुन्। अहिले फेरि केसीले असहमति जनाएको बुँदामा बालुवाटारमा छलफल सुरु भएको छ।

          July 26, 2018 8:40 pm | समाज

प्रतिकृयाहरू :

समाचारहरु: