झापामा जिउँदो ब्रोइलर कुखुराको मूल्य निर्धारण

July 26, 2018 4:50 pm

झापा । नेपाल कुखुरापालक संघले काठमाडौंमा जिउँदो कुखुराको मूल्य प्रतिकेजी २३० तोकेसँगै झापामा पनि नयाँ मूल्य निर्धारण गरिएको छ ।

नेपाल कुखुरापालक संघ झापाका अध्यक्ष राजन पौडेललगायत पालिकाका अध्यक्षहरु मिलेर साउन १० गतेबाट लागू हुनेगरी जिउँदो ब्रोइलर कुखुराको न्यूनतम मूल्य प्रतिकेजी १९० देखि अधिकतम २०० रुपैयाँसम्म बेच्ने निर्णय गरेको अध्यक्ष पौडेले बताए ।

ब्रोइलर कुखुरापालक किसानको हकहितका निम्ति स्थापित संघले गरेको यो निर्णयले धेरै किसानहरुलाई राहत हुने तथा विचौलियालाई पाखा लगाउने निश्चित भएको बताइएको छ ।

नयाँ मूल्य निर्धारण भएको जानकारी झापाका सम्पूर्ण किसान समक्ष बेलैमा पुर्याउन तत्पर रहेको भन्दै जिल्ला सचिव डिल्ली उप्रेतीले उपभोक्ताको जानकारीका लागि सामाजिक सञ्जाल, अनलाइन, रेडियो तथा पत्रपत्रिका मार्फत् सूचना प्रवाहका लागि सबैसँग आग्रह गरेका छन् ।

          July 26, 2018 4:50 pm | अर्थतन्त्र,मिडियाबाट साभार

प्रतिकृयाहरू :

समाचारहरु: