फेला पर्यो मङ्गल ग्रहमा पानीको ताल

July 26, 2018 2:28 pm

काठमाडौं । मंगलग्रहमा अनुसन्धानगरिरहेका अनुसन्धानकर्ताहरुले  मङ्गल ग्रहमा तरल अवस्थामा पानी रहेको प्रमाण भेटेका छन्  । वैज्ञानिकहरुले फेला पारेर प्रस्ताव गरेको जलाशय मंगलग्रहको  दक्षिणी धुव्रमा अवस्थित हिमवत क्षेत्रमुनि रहेको बताइन्छ । भेटिएको ताले झन्डै २० किलोमिटर चौडा र एक मिटर गहिराइको भएको अनुमान  छ ।

यसअघि गरिएका खोज अनुसन्धानहरूले मङ्गल ग्रहको सतहमा कहिलेकाहीँ मात्र अस्थायी रूपमा पानी बगेको हुनसक्ने देखाएको थियो । तर स्थायी रूपमा नै तरल अवस्थामा पानी फेला परेको भने यो नै पहिलो प्रमाण हो ।

यसअघि नासाको क्युरिओसिटी रोभर भनिने अन्तरिक्ष वाहनले पुराना र सुख्खा तालहरूका पिँधको अन्वेषण गर्दा त्यहाँ पहिला पानी रहेको पत्ता लागेको थियो । तर पातलो वायुमण्डल भएकाले सो ग्रह चिस्सिएको छ र पानी हिउँ भएर जमेको छ ।

मङ्गल ग्रहको परिक्रमा गरिरहेको मार्स एक्स्प्रेस नामक भूउपग्रहमा जडित मार्सिस नाम गरेको रेडार उपकरणको प्रयोग गरेर पछिल्लो पटक योे तथ्य पत्ता लागेको  हो ।

अनुसन्धानको नेतृत्व गरेका इटालियन न्याश्नल इन्स्टिट्युट फर एस्ट्रोफिजिक्सका प्रा. रोबर्टो ओरोसेईका अनुशार सम्भवतः यो त्यति विशाल ताल भने हैन ।  मार्सिसले त्यस्तो पानी तालको तहको गहिराइ निक्र्योल गर्न नसके पनि अनुसन्धान टोलीले त्यो कम्तीमा पनि एक मिटर जति हुनसक्ने अनुमान गरेका छन् ।
यसबाट त्यसले जलाशयको योग्यता प्राप्त गर्छ । यो ताल नै हो, पृथ्वीमा जस्तो हिमतालको हिउँ पग्लिएर बगेको पानी चट्टान र बरफको बीचको भाग भरिएर रहे जस्तो हैन, उनले भने ।

कसरी पत्ता लाग्यो ?
मार्सिसजस्ता रेडार उपकरणले ग्रहको सतह र त्यसमुनि रहेको अर्को तहमा सङ्केत पठाएर फर्केको प्रतिसङ्केतको परीक्षण गर्छन् । यही विधि प्रयोग गरेर मङ्गल ग्रहमा पानी रहेको प्रमाण फेला पारिएको बताईछन् । तर यो खोजले मङ्गलमा जीवनको सम्भाव्यताका सम्बन्धमा कुनै विशेष अर्थ भने नराख्ने बताइएको छ ।

ओपन युनिभर्सिटीका डा. मनीष पटेलका अनुशार हामीलाई धेरै पहिलादेखि नै मङ्गलको बाहिरी सतह जीवनका लागि अनुपयुक्त छ भन्ने थाहा छ । त्यसैले अहिले मङ्गलमा जीवनको खोजी त्यसमुनिको तहमा हुँदैछ ।

          July 26, 2018 2:28 pm | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: