यौन दुराचारको आरोपमा काठमाडौंको गौशालाबाट दुई फ्रान्सेली पक्राउ

July 26, 2018 7:02 am

बालयौन दुराचारमा संलग्न भएको आरोपमा दुई फ्रान्सेली नागरिक पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको गौशालाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ४२ बर्षीय क्रिस्टोफे ग्योलक्स र ३८ बर्षीय मिचेल चुपाउ छन् ।

काठमाडौंको कागेश्वरी मनोहरा भद्रवासमा डेरा लिई बस्दै आएका उनीहरुले बालयौन दुराचार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले भद्रवासमा निगारी बढाएको थाा पाएपछि विमानस्थल जानलागेका बेला उनीहरुलाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले पक्राउ गरेको हो ।नागरिक दैनिकबाट ।

          July 26, 2018 7:02 am | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: