विदेशी च्यानललाई शुल्क बढ्यो

July 26, 2018 6:52 am

काठमाडौं । सरकारले नेपालमा विदेशी च्यानल प्रसारणका लागि शुल्क बढाएको छ । समाचारमा भनिएको छ, सरकारले साउनदेखि लागू हुने गरी विदेशी च्यानलको डाउनलिंक शुल्क बढाएको हो ।

नयाँ शुल्कअनुसार विज्ञापन समावेश नभएका निशुल्क च्यानलको डाउनलिंक गरी कार्यक्रम प्रसारण गर्न अनुमति पत्रबापत प्रतिच्यानल १ लाख रुपैयाँ तिनुपर्दछ । यस्तै विज्ञापन समावेश भएका निशुल्क च्यानलको डाउनलिंक गरी प्रसारण गर्न प्रतिच्यानल पाँच लाख रुपैयाँ पर्नेछ ।

विज्ञापन समावेश नभएका सशुल्क च्यानलको डाउनलिंक गरी कार्यक्रम प्रसारण गर्ने अनुमतिबापत प्रतिच्यानल ३ लाख रुपैयाँ शुल्क तोकिएको छ ।

कान्तिपुर दैनिकबाट ।

 

          July 26, 2018 6:52 am | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: