पाकिस्तानमा मतदान केन्द्र नजिकै आत्मघाती विस्फोट, ३१ को मृत्यु

July 25, 2018 1:32 pm

पाकिस्तानको आम निर्वाचनमा मतदान जारी रहेको छ। राष्ट्रिय र प्रान्तीय सभाका लागि मतदान भइरहेको हो।

निर्वाचनमा मतदान भइरहेका बेला क्वेटा सहरमा एक मतदान केन्द्र नजिकै भएको आत्मघाती हमलामा ३१ जनाको मृत्यु भएको छ। विस्फोटमा परेर दर्जनौँ घाइते भएको पाकिस्तानी अधिकारीहरूले जानकारी दिएका छन्। बीबीसीका अनुसार एक मतदान केन्द्र नजिक्कै विस्फोट गरिएको थियो।

मृतकमा सर्वसाधारण र प्रहरी तथा सुरक्षाकर्मी रहेको बताइएको छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। मृतकको संख्या बढ्न सक्ने बताइएको छ। मतदान सुरु भएलगत्तै विस्फोट भएको थियो। प्रहरी अधिकारीका अनुसार स्थानीय समयअनुसार बिहान ११ बजे उक्त विस्फोट भएको थियो।

          July 25, 2018 1:32 pm | मुख्य समाचार,राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: