हुकिङ गरेर विद्युत चोर्ने १० पक्राउ

July 25, 2018 1:00 pm

विराटनगर । मोरङका विभिन्न स्थानबाट विद्युत चोरीमा संलग्न १० जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको छ।

प्रहरी र विद्युत प्राधिकरणको संयुक्त चुहावट नियन्त्रण टोलीले हुकिङ गरेर विद्युत चोरी गरिरहेको फेला परेपछि उनीहरूलाई पक्राउ गरेको हो।

प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राजु श्रेष्ठका अनुसार पक्राउ पर्नेमा कटहरी गाउँपालिका २ का सुरेन ऋषिदेव, लक्ष्मी ऋषिदेव, निघु ऋषिदेव, जागरुक ऋषिदेव, फदिया ऋषिदेव छन्।

त्यस्तै जहदा गाउँपालिका ९ का झरिला मुखिया, कमल कान्त कामत, विश्व मण्डल र पर्शुराम मण्डललाई पनि पक्राउ गरिएको छ।

प्रमुख श्रेष्ठका अनुसार पक्राउ परेकाहरूका साथबाट विद्युतबाट चल्ने पंखा, टिभी लगायतका विभिन्न सामानहरू पनि बरामद गरिएको छ।

प्राधिकरणले पक्राउ परेकाहरूलाई जरिवाना गरेर आगामी दिनमा विद्युत चोरी नगर्ने सर्तमा छाडेको छ।

-अन्नपूर्ण पोस्ट

          July 25, 2018 1:00 pm | विविधा

प्रतिकृयाहरू :

समाचारहरु: