प्राकृतिक विपदमा तत्काल उद्धार र राहतका लागि गोदाम घर निर्माण

July 25, 2018 11:51 am

विराटनगर। प्रदेश नम्बर १ को सरकारले प्राकृतिक विपत्ति परेमा तत्काल उद्धार र राहत पुर्‍याउन विपद व्यवस्थापन प्रादेशिक गोदाम घर निर्माण गरेको छ ।

प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मातहतमा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयको भवनमा विपदको समयमा उद्धारका लागि आवश्यक पर्ने सामग्रीसहितको गोदाम सञ्चालनमा ल्याइएको हो ।

गोदाम घरसँगै प्रदेश विपद व्यवस्थापन आकस्मिक खाता पनि सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकारले सञ्चालन गरेको खातामा रकम भने ५० हजार रुपैयाँमात्र सञ्चित छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापाले मन्त्रालयले पहिलो चरणमा ३५ लाख रुपैयाँ बजेटबाट उद्धारका लागि ठूला किसिमका बोट, टेण्ट लगायतका आवश्यक सामग्री खरिद गरी गोदाममा तयारी अवस्थामा राखेको बताए ।

गत आर्थिक बर्षको ३५ लाख रुपैयाँबाट गोदामका लागि आवश्यक उद्धार सामग्री पहिलो चरणमा किनिएकोमा यस वर्ष भने ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

इमेजखबरबाट

          July 25, 2018 11:51 am | प्रदेश तह

प्रतिकृयाहरू :

समाचारहरु: