लाओसमा बाँध भत्किँदा २० को मृत्यु सयौं बेपत्ता

July 25, 2018 8:06 am

लाओसमा बाँध भत्किँदा २० जनाको मृत्यु भएको छ। लाओसको आतापेउ इलाकामा रहेको छेपियान छे नामक बिद्युत बाँध भत्कंदा २० को मृत्यु भएको हो भने सयौं बेपत्ता भएका छन्।

सयौं उद्धारकर्मी परिचालन गरिएको छ। बाँध भत्किएपछि आएको बाढी र पहिरोले ६ वटा गाउँ नै बगाएको थियो। जसका कारण ६ हजार ६ सय परिवार बिस्थापित भएका थिए। सन् २०१३ मा निर्माण सुरु गरिएको सो जलविद्युत् आयोजनाले अर्को वर्षबाट विद्युत् उत्पादन कार्य सुरु गर्ने भनिएको थियो।

हाल से–पियान से–नामनोय पावर कम्पनी लिमिटेड तथा सम्बन्धित निकायहरूले बाँध भएको क्षेत्रवरपर रहेका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ।यसैबीच लाओसका प्रधानमन्त्री थोङलोउनले घटनास्थलको निरीक्षण गरी उद्धारलाई तीब्रता दिन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन्।

बाढी प्रभावितका लागि उचित राहतको ब्यबस्था मिलाइएको भन्दै लाओस सरकारले बाढी पीडितको सहयोगका लागि स्थानीय बासिन्दासमक्ष अपील गरेको छ।

एजेन्सी

          July 25, 2018 8:06 am | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: