अमेरिकामा नेपाली युवतीमाथि अन्धाधुन्ध गोली प्रहार
July 25, 2018 8:03 am
काठमाडौं । अमेरिकाको ओक्लोहमामा लुटेराका समूहले नेपाली युवतीमाथि अन्धाधुन्ध गोली चलाएको छ। गोरखा घर भएकी रचना श्रेष्ठमाथि शरीरका विभिन्न भागमा अाठ वटा गोली हानिएको जनाइएको छ।
उनको अवस्था अत्यन्तै चिन्ताजनक रहेको र बेहोस अवस्थामा नै रहेको श्रीमान कपिल श्रेष्ठले बताए। उनको उपचार स्थानीय सेन्ट फ्रान्सिस हस्पिटलमा भैरहेको छ। प्रहरीले गोली हान्ने ब्यक्तिलाई पक्राउ परेको छ। उनका साढे दुई वर्षका छोरा रहेका छन्।
श्रेष्ठलाई गाला, पिठ्युं, पाखुरा, कम्मर, पेट र मुटुको तल्लो भागमा गोली लागेको छ।
July 25, 2018 8:03 am | राष्ट्रिय समाचार