कौशी थिएटरमा आजदेखि ‘मिस्टर फक्स एण्ड दी स्कूल ब्वोई’

July 24, 2018 5:12 pm

काठमाडौं । बालबालिका र जनावरबीचको मनोवैज्ञानिक सम्बन्धमा आधारित नाटक ‘मिस्टर फक्स एण्ड दी स्कूल ब्वोई’ कौशी थिएटरमा मञ्चन हुँदैछ । आज मंगलबारबाट साउन १३ गतेसम्म नाटक मञ्चन हुनेछ ।

नाटकमा बालबालिका र प्रकृतिबीचको सम्बन्धलाई प्रस्तुत गरिएको छ । नाटकको संयोजन एवम् निर्देशन चे शंकरले गरेका छन् ।

निर्देशक चे शंकरका अनुसार प्राकृतिक एवम् ऐतिहासिक सम्पदाहरू जोगाउन पहल गर्ने तथा जीव जन्तुहरुको संरक्षणमा मानिसको दायित्व उजागर गर्ने उद्देश्यसहित नाटक तयार गरिएको हो ।

‘बालबालिकाहरूको जनावरप्रतिको दृष्टिकोणलाई बदल्ने मेरो प्रयास हो’ उनले भनेका छन्, ‘यस प्रकारका कलात्मक सिर्जनाले नवीनतम् सन्देश प्रवाह गर्न सक्छ ।’

बढ्दो शहरीकरणका कारण जनावरहरूले आफ्ना बासस्थान गुमाई राखेको भन्दै निर्देशक चे शंकरले यस विषयमा बालबालिकामा जागरण पैदा गर्न प्रयास गरिएको प्रष्ट पारेका छन् ।

नाटकमा उमेश पोखरेल र दीपेन्द्र शाहीको मुख्य अभिनय रहेको छ । गार्डेन थिएटरको उत्पादन एवम् निर्माण रहेको नाटकमा प्रकाश व्यवस्थापनको जिम्मेवारी दिलजङ गुरूङले पाएका छन् । साथै ध्वनी व्यवस्थापन प्रतीक केसीले गर्दैछन् ।

          July 24, 2018 5:12 pm | टिप्स/जानकारी

प्रतिकृयाहरू :

समाचारहरु: