शिवसताक्षी नगरपालिकाका नागरिक समाजको प्रेस विज्ञप्ती

July 23, 2018 7:45 pm

केही समय अघिदेखि झापाको शिवसताक्षी नगरपालिकामा नगर शिक्षा अधिकारी तोयानाथ रेग्मी माथि नगरप्रमुख चन्द्रकुमार शेर्माले गरेको ज्यादती सर्वविदितै छ ।

शिक्षाजस्तो महत्वपूर्ण विषयमा प्रचलित ऐन, नियम र कानूनको अधिनमा रही स्वतन्त्रतापूर्वक शैक्षिक क्रियाकलापहरु सञ्चालन हुनुपर्नेमा राजनीतिक स्वार्थका कारण सामुदायिक विद्यालयको गतिविधि प्रभावित हुन पुगेको छ ।

नगरप्रमुख चन्द्रकुमार शेर्माले नगर शिक्षा अधिकारीलाई प्रचलित ऐन, नियम विपरीत काज फिर्ता गर्नु र उक्त कार्यप्रति चित्त नबुझी उच्च अदालत विराटनगर, इजलास इलाममा निज शिक्षा अधिकारीले रिट दायर गरेपछि अदालतले उत्प्रेषणयुक्त परमादेश (स्टेअर्डर) जारी गरिसके पछि निजलाई पूर्ववतरुपमा कामकाज गर्न दिनुपर्नेमा निज शिक्षा अधिकारी बस्ने कुर्सी तथा ई. हाजिरीसमेत हटाउनेजस्ता निकृष्ट तथा गैर जिम्मेवारपूर्ण व्यवहार प्रदर्शन गरेकोप्रति हामी खेद प्रकट गर्दछौं ।

हामी शिवसताक्षी नगरपालिकाका नागरिक निज शिक्षा अधिकारीलाई ससम्मान काममा फर्काई शैक्षिक गतिविधि चुस्त दुरुस्तरुपमा सुचारु गराउन प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल तथा नगर प्रमुख चन्द्रकुमार शेर्मा तथा सम्पूर्ण नगरपालिका बोर्डको ध्यानाकर्षण गराउँदछौं ।

नागरिक समााज
शिवसताक्षी नगरपालिका, झापा

          July 23, 2018 7:45 pm | विज्ञापन

प्रतिकृयाहरू :

समाचारहरु: