प्रधानमन्त्री अाेली : देउवा भेट

July 22, 2018 1:12 pm

काठमाडौै  ।   प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटी अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सुझाव दिएका छन्।

सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई त्यस्तो सुझाव दिएकाे नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार जारी गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सो भेटमा सभापति देउवाले नयाँ वानेश्वरमा नेपाल तरुण दलको प्रदर्शनमा भएको झडपबारे चासो व्यक्त गर्दै आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै विद्यमान समस्याको समाधान भएको बताए।

-थाहाखबरबाट

          July 22, 2018 1:12 pm | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: