नेपाली सवारीसाधन भारतमा सहज रुपमा गुड्न पाउने
July 22, 2018 7:05 am
काठमाडौ । नेपाल भारतबीच व्यक्तिगत सवारीसाधन अवातजावतमा रहेको असमानता हट्ने भएको छ।
अब नेपालीका लागि व्यक्तिगत सवारीसाधन पनि विनारोकतोक भारत आवतजावत गर्न पाउने भएको छ। यसअघि निजी सवारीसाधन भारत प्रवेश गर्न भारतीय दूतावासबाट अनुमति लिनुपर्ने र तोकिएको बैंक ग्यारेन्टी बुझाउनुपर्ने व्यवस्था थियो। तर, भारतीय सवारीसाधन भने नेपाली भन्सार बिन्दुमा निश्चित शुल्क बुझाएर नेपाल प्रवेश गर्दै आएका थिए।
दुई देशका अधिकारीबीच नयाँदिल्लीमा शुक्रबार भएको संयुक्त कार्यदलको बैठकले उक्त असमानता हटाउने निर्णय गरेको हो। नयाँ पत्रिकाबाट
July 22, 2018 7:05 am | राष्ट्रिय समाचार