डुंगा दुर्घटना ८ जनाको मृत्यु
July 20, 2018 12:04 pm
काठमाडौं । अमेरिकामा डुंगा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
अमेरिकाको ब्रान्सन शहर नजिक रहेको प्रख्यात टेबल रक तालमा ३० जना पर्यटक बोकेको डुंगा दुर्घटना भएको हो ।
खराब मौसममा कारण दुर्घटनामा परेका ७ जनालाई भने जिउँदै उद्वार गरिएको छ । अन्य भने बेपत्ता भएका छन् ।
बेपत्ताहरुको खोजी कार्य जारी रहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । बेपत्ता मध्ये अधिकांश केटाकेटी रहेका छन् ।
साँझको समयमा घुम्न गएका पर्यटकहरु डुबेकोमा कुन कुन राष्ट्रका नागरिक थिए भन्ने बारे कुनै खुलाइएको छैन ।
-एजेन्सी
July 20, 2018 12:04 pm | राष्ट्रिय समाचार