झापामा एम्बुलेन्सको ठक्करबाट बृद्धाको मृत्यु, चालकले कमलमा पोको पारी झाडीमा फाले सव

July 19, 2018 6:06 pm

कमल । झापा कमल गाउँपालिकाकोे चुलाचुली मोडमा विहीबार विहान सवारी दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा कमल गाउँपालिका ५ वस्ने ६५ वर्षीय देउमान राई रहेको ईलाका प्रहरी कार्यालय दमकका डिएसपी दिपक गिरीले जानकारी दिए ।

पाँचथरबाट विरामी लिएर विराटनगर जाँदै गरेको मे १ च ९९२ एम्बुलेन्सले राईलाई ठक्कर दिएपछि एम्बुलेन्स पल्टिएको थियो ।

पैदलयात्रीको मृत्यु पछि एम्वुलेन्स चालकले कमलमा पोको पारेर करिब १ सय ५० मिटर पुर्व राजमार्ग उत्तरको झाडी फालेको अवस्थामा राईको लास फेला परेको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा  गाईसँग एम्बुलेन्स ठोक्किएको पछि पैदलयात्री मृत्यु भएको र कमलमा पोगो पारेर झाडीमा फालेको चालकले बताए पछि अपरान्न ३ बजे लास फेला परेको डिएसपी गिरीले बताए । एम्वुलेन्स र चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रण लिएको छ ।

          July 19, 2018 6:06 pm | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: