चक्कु प्रहार गरेर कैलालीमा १ जनाको हत्या

July 19, 2018 10:13 am

कैलाली । जिल्लाको गौरीगंगा नगरपालिका– ७, महुलियामा चक्कु प्रहार गरेर एक व्यक्तिको हत्या भएको छ ।

स्थानीय २६ वर्षीय रमेश विकले सामान्य विवादमा २७ वर्षीय मानबहादुर सोमैको चक्कु प्रहार गरेर हत्या गरेका हुन् ।

चक्कु प्रहारबाट गम्भीर घाइते सोमैलाई उपचारका लागि अस्पताल लगिएकोमा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर ओलीले जानकारी दिए ।प्रहरीका अनुसार,  साउने संक्रान्तिका दिन डिजे बजाउने क्रममा दुर्इबीच सामान्य विवाद भएको थियो । बुधबार साँझ सोही विषयमा विवाद गर्न मानबहादुर मदिरा सेवन गरेर रमेशको घर पुगेका थिए । सोही क्रममा विवाद बढ्दै जाँदा रमेशले भान्सामा रहेको चक्कु झिकेर मानबहादुरलाई प्रहार गरेको डीएसपी ओलीले जानकारी दिए ।

प्रहरीले चक्कु प्रहार गर्ने रमेश बिक र उनका बुबा नरबहादुर बिकलाई पक्राउ गरेको छ ।

          July 19, 2018 10:13 am | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: