रुुकममा जिप दुर्घटना, ४ जनाको मृत्यु

July 18, 2018 5:42 pm

रुकुम ।  पूर्वी रुकुमको सिस्ने गाउँपालिकामा बुधबार भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

लु १ ज २५७३ नम्बरको जिप दुर्घटना हुँदा पुथाउत्तरगंगा गाउँपालिकाका–२, का २२ वर्षीय किरण पुन, सोही गाउँपालिका–१, का ३५ वर्षीय कुमार पुन, ३३ वर्षीय बुद्धिराज पुन र पुथाउत्तरगंगा गाउँपालिका–१३ की तिर्सना तुलाचनको मृत्यु भएको हो ।

दुर्घटनामा चालकसहित ७ जना घाइते भएका छन् । उनीहरुको रुकुमकोटमा उपचार भइरहेको छ  । जीप धौलापैरा भन्ने स्थानमा दुर्घटना भएको हो ।

 

          July 18, 2018 5:42 pm | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: