साम्राज्ञीको ‘इन्टु मिन्टु लन्डनमा’

July 18, 2018 3:33 pm

साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु अभिनेता धिरज मगर स्टारर ‘इन्टु मिन्टु लन्डनमा’ले आफ्नो टिजर रिलिज गरेको छ। बिहिबार एक कार्यक्रम गर्दै फिल्मको टिजर रिलिज गरिएको हो।

फिल्म कोरियोग्राफर रेनेशा बान्तवा राईको निर्देशकिय डेब्यू फिल्म हो।

टिजर रिलिज कार्यक्रममा बोल्दै रेनशाले फिल्म पूर्णतया प्रेमकथामा निर्माण गरिएको बताउँदै निर्देशकिय डेब्यू फिल्मका लागि करिब डेढ वर्षसम्म अन्य फिल्ममा कोरियोग्राफी नगरेको बताइन् ।

‘सिनेमा एकदमै राम्रो बनाएका छौँ ’, उनले भनिन्।

नेपालमा ३५ र ६५ प्रतिशत लण्डनमा छायाँकन गरिएको फिल्मलाई आई कोर फिल्मस्को व्यानरमा प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबराले निर्माण गरेका हुन् । सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल फिल्मका सह-निर्माताका रूपमा रहेका छन् ।

निर्देशक रेनशा र निर्माता प्रज्ज्वल समशेरको कथा रहेको फिल्ममा शारुक ताम्राकार पनि मुख्य भूमिका छ । फिल्म असोज पाँचमा रिलिज हुनेछ।

अभिमन्यु दिक्षित र रेनशाले समूक्त रूपमा लेखेको फिल्ममा आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायाँकन रहेको ‘इन्टु मिन्टु लण्डनमा’मा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत छ ।

          July 18, 2018 3:33 pm | फोटो

प्रतिकृयाहरू :

समाचारहरु: