सोलुखुम्बुमा छोराले गरे बुवाको हत्या

July 18, 2018 3:25 pm

सोलुखुम्बु । सोलुखुम्बुको दूधकुण्ड नगरपालिका ९ स्थित सानो खाम्दिङका १८ वर्षीय तेन्जी शेर्पाले आफ्नो बुवाको हत्या गरेका छन्।

घरयासी विवाद हुँदा शेर्पाले ४९ वर्षीय पूर्वा शेर्पालाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

छोराको कुटपिटबाट गम्भीर घाइते भएका शेर्पाको उपचारकै क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ।

बुवाको हत्यापछि फरार रहेका शेर्पाको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

          July 18, 2018 3:25 pm | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: