पहिरोमा पुरिएर ३ को मृत्यु, पर्वतमा १५ घर पहिरोको जोखिममा

July 18, 2018 12:53 pm

गोरखा । गोरखाको शहीद लखन थापा गाउँपालिका वडा नम्बर ६ अँधेरीमा बुधबार बिहान पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु भएको छ ।

अधेरीका स्थानीय नवराज कुँवरको घर पहिरोले  भत्किँदा उनकी छोरी १० वर्षीया प्रमिना कुवँर, भान्जी २० वर्षीया सरु र सरुकी आठ महिने छोराको मृत्यु भएको स्थानीय रामकृष्ण श्रेष्ठले जानकारी दिए ।

रातीदेखि परेको अबिरल बर्षाका कारण पहिरो खस्दा उनीहरु बसेको कोठा पहिरोले पुरीदाँ तीनजनाको मुत्यु भएको हो ।

बुधबार बिहान करिव ६ः ३० बजेतिर पहिरो गएको थियो । कुँवरकी भान्जी सरु पुजा निम्तो मान्न  मामाघर गएकी थिइन् । पहिरोमा परी अन्य २ जना सामान्य घाइते भएको  स्थानीयले बताएका छन् ।

यता, जिल्ला प्रहरी कार्यालय गोरखाले भने घटना स्थलतर्फ प्रहरी गइसेकेको जनाएको छ । लगातारको बर्षापछि गाउँका अन्य केही घरहरु पनि जोखिममा रहेको स्थानियबासीको भनाई छ । लगातारको बर्षाले त्यस क्षेत्रमा अन्य स्थानमा पनि पहिरो गएको स्थानीयबासीले बताएका छन् । पहिरोले एकै घरमा ३ जनाको मुत्यु भएपछि अधेरी गाउँ शोकमा डुवेको छ ।

 

          July 18, 2018 12:53 pm | समाज

प्रतिकृयाहरू :

समाचारहरु: