दुर्घटना न्युनीकरणका लागि ‘असल चालक’ अभियान

July 18, 2018 12:04 pm

पाँचथर । दुर्घटना न्युनीकरणका लागि ट्राफिक प्रहरीले ‘असल सवारी चालक’अभियान ल्याएको छ। सवारी सञ्चालनकf क्रममा नाै वटा शर्त पूर्ण रूपमा पालना गरेर चालक असल बन्न सक्नेछन्।

सबै यात्रुलाई राम्रो व्यवहार गर्नेदेखि लिएर तोकेको भन्दा बढी भाडा नलिने, अशक्त, वृद्धवृद्धा, बालबालिका, महिलालगायतलाई सवारी साधनमा प्राथमिकता दिने काम पूरा गरेर चालक असल बन्नसक्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रेमकुमार साहले बताए।

‘सवारी नियम र संकेतहरूको पालना गर्ने र यात्रुहरूलाई सुरक्षित ढंगले गन्तव्यमा पुर्‍याउनु जिम्मेवारी ठान्ने चालकलाई असल चालक हुनेछन्’, उनले भने। साहले सवारी दुर्घटना न्यूनीकरणमा असल चालक अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार सवारी साधनमा पनि असल चालकले पालना गर्नु पर्ने शर्तहरू टाँस्न लगाइनेछ ।

          July 18, 2018 12:04 pm | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: