‘१२ मासे’को ट्रेलर रिलिज
July 18, 2018 7:48 am
काठमाडौं । फिल्म ‘१२ मासे’को ट्रेलर रिलिज भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरमा कमेडी तथा द्वन्द्वलाई बढी फोकस गरिएको छ। कमेडी जनराको फिल्ममा जयकिशान बस्नेत, पुजना प्रधान, मरिचमान श्रेष्ठ (बल्छी धुर्बे), पुरण थापा, सारदा गिरी, सोनीका बास्तोला, सबनम दाहाल, राधा श्रेष्ठ, प्रदिप पाठक (नक्कली प्रचण्ड) लगायतको अभिनय रहेको छ।
लय संग्रैला निर्देशित फिल्ममा प्रदिप पाठक (नक्कली प्रचण्ड )को कथा र निर्माण रहेको छ। भदौ १ गतेबाट प्रदशर्नमा आउने फिल्ममा बासु न्यौपानेको छायाँकन तथा अनन्त घिमिरेको सम्पादन रहेको छ।
July 18, 2018 7:48 am | टिप्स/जानकारी