छ महिनामा भित्रिए सवा पाँच लाख पर्यटक
July 18, 2018 7:11 am
काठमाडौं । अंग्रेजी वर्ष २०१८ को पहिलो छ महिनामा पाँच लाख २० हजार १४ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्।
अध्यागमन विभागको तथ्यांकअनुसार सो संख्या अघिल्लो वर्ष २०१७ को सोही अवधिको तुलनामा १३ प्रतिशत बढी हो। विभागका अनुसार जुन महिनामा मात्र ६५ हजार १५९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्।
सन् २०१७ को जुनमा ५५ हजार ९५६ पर्यटक नेपाल आएको तथ्यांक रहेकाे समाचार नयाँ पत्रिका दैनिकमा छ। जुन महिनामा भ्रमणमा आउने पर्यटकमा सार्क राष्ट्रका २६ हजार ५७३, एसिया (सार्कबाहेक) १४ हजार १९६, युरोप सात हजार ५७३, ओसियाना एक हजार ८२४, अमेरिकी राष्ट्र आठ हजार ८९ र अन्य छ हजार ९०४ रहेका छन्। नयाँ पत्रिकाबाट ।
July 18, 2018 7:11 am | राष्ट्रिय समाचार