सार्वजनिक बिदाको दिन सरकारले गर्यो चार अर्ब भुक्तानी
July 17, 2018 6:50 am
काठमाडौं । आर्थिक वर्षको अनितममा सरकारी ढिकुटीमा जिम्मेवार निकायहरुले मनोमानी खर्च गरिरहेका छन्।
सार्वजनिक बिदाको दिनमै चार अर्ब रुपैयाँको चेक काटेको पाइएको छ। सरकारी आयव्यय राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार सार्वजनिक बिदाको दिन अर्थात् असार ३० शनिकासमेत चार अर्ब १३ करोड २२ लाख ५३ हजार रुपैयाँ पुँजीगत बजेटको चेक काटिएको समाचार कारोबार दैनिकमा छ।
आर्थिक वर्षको अन्तिम महिनामा २० प्रतिशतभन्दा बढी बजेट खर्च गर्न नपाउने व्यवस्था छ। तर, सरकारले एकै दिन ८.२४ प्रतिशत पुँजीगत बजेटको चेक काटेको छ।
July 17, 2018 6:50 am | राष्ट्रिय समाचार