कांग्रेसद्वारा फेरि पनि सदन अवरुद्ध

July 16, 2018 2:34 pm

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ। नेपाली कांग्रेसले डाक्टर गोविन्द केसी र चिकित्सा शिक्षा विधेयकको विषय उठाउँदै कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको हो।

विगतको चिकित्साशास्त्र अध्यादेशलाई जस्ताको त्यस्तै प्रतिस्थापन विधेयकको रूपमा ल्याउनुपर्ने बेलामा सरकारले फेरि पनि समस्या बल्झाउने गरेर विधेयक ल्याएको भन्दै कांग्रेसले सदन अवरुद्ध गरेको हो।

माथेमा आयोग, गोविन्द केसीको आन्दोलन, अघिल्ला सरकारहरूसँग भएका सम्झौता लगायतका विषयलाई छल्दै सरकारले सार्वजनिक मञ्च तथा चौतारीहरूलाई संसदलाई खिल्ली उडाउने गरेर बोलिरहेकोले माथेमा आयोगलाई आधार मानेर विधेयक नल्याएसम्म संसद चल्न नदिने नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले बताए। सरकार माथेमा आयोग र गोविन्द केसीलाई हलुका रूपमा लिएर हिँडेको समेत कांग्रेसले आरोप लगाएको हो।

सभामुख कृष्णबहादुर महराले कांग्रेसका सांसदहरूलाई यो विषयमा सरकारको पर्याप्त ध्यान आकर्षण गराइएकोले बस्नको लागि आग्रह गरे पनि कांग्रेस सांसदहरूले बस्न मानेका थिएनन्।

          July 16, 2018 2:34 pm | राजनीति

प्रतिकृयाहरू :

समाचारहरु: