वैदिक साकोसको स्थापना दिवसमा रक्तदान

January 18, 2020 7:27 pm

भद्रपुर । भद्रपुर १० स्थित चन्द्रगढीमा रहेको वैदिक बचत तथा ऋण सहकारी संस्थाको स्थापनाको ८ औं वर्ष प्रवेशको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् ।

सहकारीका अध्यक्ष अरूण बस्नेतको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा ३ जना महिला सहित २७ जनाले रक्तदान गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी झापाको प्रविधिक सहयोगमा रक्तदान सम्पन्न गरिएको थियो ।

          January 18, 2020 7:27 pm | राष्ट्रिय समाचार,लाइभ,सहकारी,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: