जन्ती बोकेको भारतीय बस उदयपुरमा दुर्घटना, एकको मृत्यु
July 16, 2018 9:52 am
उदयपुर । भारतीय नम्वर प्लेटको यात्रुबाहक वस उदयपुरको त्रियुगा नगरपालिका ६ मा आइतबार राति दुर्घटना हुँदा एक जानको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी नवराज भट्टका अनुसार भारतको फारबिस गञ्जबाट जन्ती लिएर आएको बिआ ११ ज ४४२८ नम्बरको बस दुर्घटना हुँदा भारतीय नागरिक ३२ वर्षीय मनोज दासको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका दासको उपचारको क्रममा जिल्ला अस्पतालमा आइतबार राति नै मृत्यु भएको हो।
दुर्घटना पश्चात् फरार रहेका बस चालकको खोजी भइरहेको एसपी भट्टको भनाइ छ। विहेको जन्ती बोकेर भारतीय बस भारतको फारबिस गञ्जबाट उदयपुरको जलजले आएको थियो। दुर्घटनामा परी अन्य सामान्य घाइते भएका छन्।