विश्वकप हेर्न गएकी युवतिमाथि सामूहिक बलात्कार !

July 16, 2018 9:46 am

उदयपुर । फिफाको विश्वकप २०१८ हेर्नेक्रममा उदयपुरमा आइतबार राति सामूहिक बलात्कार भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नवराज भट्टले विश्वकप हेर्नेक्रममा सामूहिक बलात्कार गर्ने सिरहा लहानका तीन युवा रंगेहात पक्राउ गरेको जानकारी दिए। पक्राउ पर्नेलाई सोमबार मध्यान्ह १२ वजे पत्रकार सम्मेलन गरी जानकारी दिने भट्टले जनाए।

उनले भने, ‘हामीले रंगेहात सिरहा लहानका तीन जना युवा पक्राउ गरेका छौ, पत्रकार सम्मेलन गरेर मात्र सार्वजानिक गछौ।’ प्रहरी प्रमुख भट्टले सामूहिक रुपमा बलात्कार भएको प्रमाणसहित पक्राउ गरेको भन्दै पत्रकार सम्मेलन भन्दा अघि केही जानकारि नदिने दाबी गरेका छन्।

          July 16, 2018 9:46 am | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: