सन्नी लियोनीको बायोपिक विवादमा

July 15, 2018 8:41 pm

पहिले पोर्न फिल्ममा काम गरेर हाल बलिउड अभिनेत्री बनेकी सन्नी लियोनीको जीवनमा आधारित फिल्म ‘करनजीत कौर : द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ विवादमा परेको छ।

फिल्ममा कसरी करनजीत कौर भन्ने केटी सन्नी लियोनी बनेर पोर्न स्टार बनिन् र पछि बलिउड फिल्म उद्योगमा हिट भइन् भन्ने देखाइएको छ। यो एक पोर्न स्टार बन्नेदेखि बलिउडमा तहल्का मच्चाउनेम्मको यात्रा हो। फिल्मको ट्रेलर जुलाई ५ मा सार्वजनिक भएको थियो। त्यसपछि उक्त ट्रेलर सामाजिक सञ्जालमा समर्थन र विरोधमा व्यापक टिप्पणी भएका छन्।

यसको विरोध गर्नेहरूमा भारतको शिख समुदायका धेरै छन्। उनीहरूले शिख समुदायको र आफ्नो परिवारको बद्नाम गरेको भन्ने आरोप सन्नीलाई लगाउने गरेका छन्। त्यहीँ शिरोमणि गुरुद्वाराको प्रबन्धक समितिले यो फिल्मको नामलाई लिएर आपत्ति जनाएको छ। उक्त गुरुद्वाराले आधिकारीक रुपमा विरोध गर्ने फैसला नै गरेको छ। समितिका प्रवक्ता दलजीत सिंह बेदीले सन्नी लियोनी पोर्न स्टार भएको र बालककालमा शिख भएपनि पछि इसाइ भएको बताए।

सन्नीले इसाइसँग बिहेसमेत गरेको भएर फिल्ममा शिख समुदायको नाम जोड्न नहुने बेदीले बीबीसीलाई बताए। यसले शिख समुदायको भावनामा ठेस पुग्ने बेदीको भनाइ छ। शिख समुदायले फिल्ममा ‘कौर’ शब्दको प्रयोग गरेकामा आपत्ती जनाएको हो। फिल्मका निर्देशक आदित्य दत्तले भने आफूपनि शिख समुदायको भएको र शिख समुदायको भावनामा ठेस पुग्ने कुनै पनि काम नगरेको बताएका छन्। ‘कौर’ शब्दको प्रयोग शिख महिला गर्छन्। जसको अर्थ राजकुमारी भन्ने हुन्छ। फिल्ममा सन्नी स्वयंले अभिनय गरेकी छन्। उनको पति डेनियल वेबरको रोल भने मार्क बकरले गरेका छन्।

          July 15, 2018 8:41 pm | टिप्स/जानकारी

प्रतिकृयाहरू :

समाचारहरु: