कोरियामा श्रमिकको तलब ११ प्रतिशतले बढ्ने, ४० हजार नेपाली लाभान्वित

July 15, 2018 10:25 am

काठमाडौं । दक्षिण कोरिया सरकारले श्रमिकको तलब झण्डै ११ प्रतिशतले बढाउने निर्णय गरेको छ।
शनिबार सम्पन्न पारिश्रमिक निर्धारण समितिको बैठकले सन् २०१९ देखि लागू हुने गरी कामदारको तलब १० दशमलव ९ प्रतिशत बढाउने निर्णय गरेको कोरियाली समाचार संस्था द कोरिया टाइम्सले जनाएको छ। यो निर्णय ईपिएसलगायत सम्पूर्ण कामदारको हकमा लागू हुने जनाइएको छ।
योसँगै दक्षिण कोरियामा काम गर्ने कामदारको तलब प्रति घण्टा ८ हजार ३ सय ५० कोरियन वान अर्थात सात दशमलव ३७ अमेरिकी डलर हुनेछ। सन् २०१९ का लागि तय गरिएको न्यूनतम ज्याला वर्तमान राष्ट्रपति मून जे इनले राष्ट्रपति निर्वाचन ताका गरेको प्रतिबद्धता अनुरुप लागू गर्न लागिएको हो।
दक्षिण कोरियामा तीन दशकपछि उच्चतम विन्दुमा तलव वृद्धि गरिएको हो। यो निर्णयले इपिएसमार्फत दक्षिण कोरिया पुगेका नेपालीहरु समेत प्रत्यक्ष लाभान्वित हुने भएका छन्। नेपालस्थित इपिएस कोरिया शाखाको पछिल्लो तथ्याङ्क अनुसार हाल दक्षिण कोरियामा ४० हजार बढी नेपाली कामदार कार्यरत छन्। एजेन्सी
          July 15, 2018 10:25 am | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: