कुखुरा फर्ममा आगलागी, १० लाखको क्षति

July 15, 2018 9:39 am

लहान । सिरहाको मिर्चैया नगरपालिका ९ रमपुरामा रहेको कुखुरा फर्म आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
स्थानीय बीरेन्द्र महतोको स्वामित्वमा रहेको कुखुरा फर्ममा शनिबार राति सवा ११ बजेतिर विद्युत सट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार विद्युत सट भई आगलागी हुँदा बेच्न तयार अवस्थामा रहेको एक हजार कुखुरा जलेका छन्।
आगलागीमा कुखुरा फर्ममा राखिएका कुखुरासहित दाना, अन्य सामानहरु जल्दा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको हो। आगलागीमा फर्म पूर्ण रुपले जलेको छ। पिडीत महतोले आइतबार थोक व्यापारीलाई कुखरा बेच्न निक्र्यौल गरेको भएपनि फर्म नै जलेपछि आर्थिक रुपले ठूलो समस्या परेको गुनासो गरे।
          July 15, 2018 9:39 am | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: