जीप दुर्घटना : पाँचको मृत्यु, आठ घाइते
July 13, 2018 10:08 am
काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ सल्ले डाँडामा बिहिबार बेलुकी बोलेरो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
मृत्यु हुनेमा पाँचपोखरी थाङपाल गाउँपालिका–३ की २५ वर्षीया सुनमाया तामाङ, ५३ वर्षीया नानी तामाङ, ५६ वर्षीया पोदोम तामाङ, ६० वर्षीया जयरानी तामाङ र ६५ वर्षीय भिम बहादुर तामाङ रहेका छन्। ३ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका आठै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीबाट थप उपचारको लागी शिक्षण अस्पताल महाराजगंज काठमाडौ ल्याइएको छ। मेलम्ची मानेखर्क सडकखण्डकको सल्लेडाँडामा लु १ ख ९९९ नम्बरको बोलेरो जीप अनियन्त्रित भएर सडकबाट करिब ४ सय मीटर तल खसेको थियो।
July 13, 2018 10:08 am | राष्ट्रिय समाचार