बच्चा जन्माउनुहोस्, तीन लाख पाउनुहोस्

July 13, 2018 6:52 am

जापानमा तीव्र रुप्मा घट्दै गएको जनसंख्या सरकारका लागि समस्या भएको छ। २००९ मा जापानको जनसंख्या १२ करोेड ८५ लाख थियो। यसमा गिरावट आएर हाल १२ करोड ७१ लाख भएको छ।
२०१६ मा जापानमा करिब ९ लाख बच्चाको जन्म भएको थियो। तर मृत्यु पनि जन्मको तुलनामा तीन लाख बढी भएको छ। आगमी १० वर्षको अवधिमा जनसंख्या एक तिहाइले कमी हुने अनुमान गरिएको छ। यो समस्याको समाधनका लागि सरकारले विभिन्न प्रयास गर्दै आएको खबर काराेबार दैनिकमा छ। जापानमा बच्चा जन्माएबाट सरकारले २ लाख ९६ हजार रुपैया प्रोत्सासहन स्वरुप दिने गरेको छ।
जनसंख्या बढाउनका लागि सरकारले बजेटमा २ देखि ३ प्रतिशत बजेट छुट्याएको छ। जापानमा हाल बच्चा जन्माउने दर १.४४ छ। सरकार यसलाई बढाएर १.८ पुर्‍याउन चाहन्छ।
          July 13, 2018 6:52 am | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: