काभ्रेमा बाढीले बगाउँदा एकको मृत्यु, चार घरमा क्षति

July 12, 2018 8:55 pm

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ११ स्थित बोहरे दोभानमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबारदेखि निरन्तर परेको वर्षाका कारण खोलामा बाढी आएपछि बिहीबार विहान पाँचखालस्थित झिगु खोला तर्ने क्रममा सोही नगरपालिका -१२ का ७५ वर्षीया डोरनाथ कुँवरलाई बगाएर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविराज खड्काका अनुसार विहान दश बजेतिर खोला तर्ने क्रममा बाढीले बगाएको कुँवर दिउँसो दुई बजेतिर झिगुखोलाको किनारमा मृत अवस्थामा फेला पारेका हुन्।

यसैबीच बाढीका कारण काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका -२ का दुई घर र वडा १ का एक घर तथा रोशी गाउँपालिका-८ मा एउटा घर गरी ४ घर पूर्ण रुपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए। बाढीकै कारण जिल्लाको पनौती नगरपालिका-३ कुशादेवीमा गोठ बगाउँदा एक भैंसी, तीन गाई र दुईवटा खसी मरेका छन् भने उता मण्डनदेउपुर नगरपालिकामा पहिराेले गोठ पुरिएर एक भैंसी र एक पाडो मरेको जनाएको छ।

          July 12, 2018 8:55 pm | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: