कोरियामा फेरि अर्को एक नेपालीको मृत्यु
July 12, 2018 6:15 pm
दक्षिण कोरिया । स्कूटर दुर्घटनामा परेर दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ ।
मोरङ जिल्ला सुनवर्शी नगरपालिका अमरदह निवासी २५ वर्षीय सन्तोष बिष्टको स्कूटर दूर्घटनामा परेर निधन भएको हो ।
छन्जु सीमा कोरियन समय अनुसार बुधबार बेलुका ७ बजेर ३० मिनेट जाँदा काम सकेर घर फर्कने क्रममा पछाडिबाट आएको कारले स्कुटरमा ठक्कर दिदा दुर्घटना भएको थियो ।
मृतक विष्ट एक वर्ष अघि दुवइबाट पर्यटक भिषामा कोरिया गएर शरणार्थी भिषा बनाएर कार्यरत रहेको बुझिएको छ । उनी आराबाइट (पार्ट टाइम काम) गर्दै आइरहेको बताइएको छ ।
मृतकको घर परिवार र कोरियास्थित नेपाली दूतावासमा दुर्घटनाका बारे जानकारी गराइएको इपिएस नेपालको पेजमा उल्लेख छ।
July 12, 2018 6:15 pm | परदेश (प्रवास)