खोलाको बीचमा अलपत्र परेका दुईजनाको सेनाको हेलिकोप्टरद्वारा उद्धार

July 12, 2018 1:50 pm

काभ्रे ।  बाढीले रोशी खोलामा अलपत्र परेका काभ्रेका दुईजनाको उद्धार गरिएको छ । नमोबुद्ध नगरपालिका  खाक्सी खनालथोक डिप बोरिङ्ग खानेपानीमा काम गर्दै गर्दा उनीहरु खोलाको बाढीमा फसेका थिए ।

खोलामा फसेका धुलिखेल नगरपालिका निवासी कान्छा लामा र नमोबुद्द नगरपालिका ७ निवासी नारायण गोपाल श्रेष्ठ रोशी खोलाको बीचमा रहेको ढुंगामा अलपत्र परेका थिए । उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टर उद्धार गरिएको हो ।

          July 12, 2018 1:50 pm | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: