भक्तपुरको चाँगुनारायणमा ढिस्कोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

July 12, 2018 11:47 am

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मझुवा बागेहिटीमा ढिस्कोले पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

गएराति परेको अविरल वर्षापछि भेलसहित खसेको ढिस्कोले टहरा पुरिँदा ७० वर्षीय हिराबहादुर लामा, ६५ वर्षीय तानमाया लामा र दुई वर्षीया सम्पदा लामाको मृत्यु भएको हो । घटनास्थलमा सुरक्षाकर्मी परिचालन भएका छन् ।

          July 12, 2018 11:47 am | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: