अर्थतन्त्र ३० खर्ब ७ अर्बको भएको छः गभर्नर
July 11, 2018 3:33 pm
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मुलुकको अर्थतन्त्र ३० खरब ७ अरबको भएको बताएका छन्।
आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले अर्थतन्त्र बढिरहेको बताएका हुन्। विगत तीन वर्षदेखि नेपालको अर्थतन्त्र बढ्ने लयमा रहेको बताए।
यो आर्थिक वर्ष पनि सोचेजस्तो अर्थिक बृद्धिदर हुने बताए। तराईमा आएको बाढीले कृषि क्षेत्रमा केही ह्रास आएको भएपनि उद्योग तथा सेवा क्षेत्रको योगदानले गर्दा अर्थतन्त्र बढ्ने उनले बताए।
July 11, 2018 3:33 pm | अर्थतन्त्र