बालिका हत्या गरेको अभियोगमा सौतेनी आमा पक्राउ

July 11, 2018 1:35 pm

सुनसरी । बालिकाको हत्या गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका–१ माझी टोल बस्ने १७ वर्षीया उमा माझी लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई सौतेती छोरी ६ वर्षिया छोरी अपेक्षा लिम्बुको हत्या गरेको अभियोग लागेको छ । असार १ गते बालिका खाना खाई सुतेकोमा असार २ गते कोठामा बेहोश अवस्थामा फेला परेकी थिइन् ।

उपचारको लागि धरान घोपा लैजादैँ गर्दा बाटोमै मृत्यु भएको घटनाको अनुसन्धान गर्ने क्रममा अपेक्षालाई उमाले घाँटी थिची हत्या गरेको खुल्न आएको हो प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

          July 11, 2018 1:35 pm | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: