यी हुन् ब्रह्माण्ड ध्वस्त हुँदै छ भनेर हल्ला फैलाउने व्यक्ति, पाए मृत्युदण्ड

July 10, 2018 8:31 pm

टोकियो । ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने आसहारा नाम गरेका व्यक्तिलाई मृत्यु दण्डको सजाय दिइएको छ । उनै व्यक्तिले २३ वर्षअघि टोकियोको एक सबवेमा गरिएको रसायनिक ग्यास आक्रमणको योजना बनाएका थिए ।

आसहारासहित ७ जनालाई टोकियोको हिरासत घरमा शुक्रबार बिहान मृत्युदण्ड दिइएको हो । आसहारा ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने अम सिनरिक्यो समूहका नेता हुन् ।

उनी सन् १९९५ को २० मार्चमा स्नायू प्रणालीमा असर पुर्‍याउने रसायनिक ग्यास आक्रमणको मुख्य योजनाकार हुन् । जापानको अहिलेसम्मकै हिंसात्मक मानिने उक्त आक्रमणमा १३ जनाको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए ।

त्यसपछिका महिनाहरूमा उक्त सम्प्रदायका सदस्यहरूले विभिन्न स्थानमा हाइड्रोजन साइनाइडको प्रयोग गरी आक्रमण गर्ने प्रयास गरेका थिए । कम अपराध हुने र सामाजिक एकताको नमूना देश मानिने जापान उक्त आक्रमणपछि स्तब्ध बनेको थियो ।

उक्त घटनामा संलग्न भएको भन्दै दर्जनौंलाई अभियोग लगाइएको थियो । उनीहरूमध्ये मुख्य योजनाकार आसहारा सहित १३ जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो । अझै ६ जना मृत्युदण्डको मिति कुरेर बसेका छन् ।

एजेन्सी

          July 10, 2018 8:31 pm | विविधा

प्रतिकृयाहरू :

समाचारहरु: