गढीमाई नगरपालिकाका मेयरसहित ५ जना पक्राउ

July 10, 2018 8:25 pm

काठमाडौँ । रौतहटको गढीमाई नगरपालिकाका मेयरसहित ५ जना पक्राउ परेका छन् ।

नगरपालिकाको विभिन्न योजनाको भुक्तानी तथा तलब लगायतका कारोबार एक होटलबाट गरेको उजुरी परेपछि मेयर श्यामप्रसाद यादव, कार्यकारी अधिकृत नरबहादुर विकसहित ५ जना छन् ।

उनीहरुलाई चन्द्रनिगाहपुरको हिमालयन होटलबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय, रौतहटमा राखेर सोधपुछ गर्ने काम भइरहेको प्रजिअ रिजालले बताए ।

          July 10, 2018 8:25 pm | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: