नाइँ नभन्नु ल ५ को ट्रेलर सार्वजनिक

July 10, 2018 5:17 pm

काठमाडौं । भदौ ८ गतेबाट प्रदशर्नमा आउने फिल्म ‘नाईं नभन्नु ल ५’को ट्रेलर रिलिज भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको हो।

फिल्मका प्राय: कलाकारहरुलाई फिचर गरिएको ट्रेलरमा प्रेम, विछोड, पिडा जस्ता कुरालाई देखाइएको छ। ट्रेलरमा बोलिएका संवादहरु पनि निकै सुन्दर छन्। ट्रेलरमा बाल कलाकार अनुभव रेग्मी, नव-बाल कलाकार सेड्रिना शर्मा, नायिका स्वस्तिमा खड्का, नव-कलाकार अभिषेक नेपाललाई प्रथमिकाता दिइएको छ भने निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझीलाई पनि ट्रेलरमा जोडिएको छ।

विकास आचार्य निर्देशित फिल्ममा जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङलगायतको पनि अभिनय रहेको छ। विकास आचार्य र सामीप्यराज तिमल्सेनाको संयुक्त पटकथा रहेको फिल्ममा बसन्त सापकोटाको संगीत तथा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ। पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्। ‘वान टाइम सिनेमा’को ब्यानरमा बनेको फिल्मको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल रहेका छन्।

          July 10, 2018 5:17 pm | टिप्स/जानकारी

प्रतिकृयाहरू :

समाचारहरु: