ससुराली जाँदै गरेका व्यक्तिमाथि गोली प्रहार

July 8, 2018 1:27 pm

रौतहट । अज्ञात समूहले प्रहार गरेको गोली लागेर रौतहटमा एक व्यक्ति घाइते भएका छन् ।

सुवर्णपुर नगरपालिकाका किशोरी साह कानुमाथि देवाही गोनाही नगरपालिका–४ स्थित बकैया खोला किनारमा गएराति गोली प्रहार भएको हो ।

ससुराली जाँदै गरेका साह माथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् ।

उनले चढेको ना. ३५ प २१७२ नम्बरको मोटरसाइकल पनि सो समूहले लुटेर लगेको भए पनि प्रहरीले बरामद गरेको बताइएको छ ।

गोली लागेर घाइते भएका साहको गौर अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

          July 8, 2018 1:27 pm | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: